Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले आयोजना गरेको छैठौं भलिबल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । नेपाली नयाँ बर्ष र क्लबको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी फैलिईरहेको कोरोना भाइरसका कारण नियमित समयमा हुन सकेको थिएन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा कोरोनाको प्रभाव कम हुँदै जाँदा सेप्टेम्बर २ तारिक भलिबल प्रतियोगिता गर्ने घोषणा गरेर आन्तरिक तयारीमा जुटेको क्लबले पुनः जापानमा कोरोना भाइरसको प्रभाव बढ़ेसंगै प्रतियोगितालाई स्थगित गरेको घोषणा गरेको हो । अवस्था सामान्य भएमा पुनः प्रतियोगिताबारे जानकारी दिने र प्रतियोगिता सञ्चालन गरिने समेत क्लबले जनाएको छ ।

भलिबललाई माया गर्ने भलिबलप्रेमीहरु, क्लबका शुभचिन्तक समेतको सुझावका आधारमा जापानमा कोरोना करिब नियन्त्रणमा आएको र सेप्टेम्बरसम्म अझै सहज हुने पुर्वानुमान गरी प्रतियोगिता घोषणा गरे पनि पुर्वानुमान भन्दा फरक अबस्था आएकाले कार्यक्रम स्थगित गर्नु परेको प्रतियोगिताका प्रचार प्रसार संयोजक हिमाल कंडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय जापानमा तीव्ररुपमा कोरोनाको प्रभाव बढेको हुँदा प्रतियोगिता स्थगित गर्दा पुगेको असुविधाप्रति क्लबका अध्यक्ष लक्ष्मण कार्कीले क्षमायाचना गर्नुभएको छ । नेपालीहरूको बिभिन्न धर्म-संस्कृति अनुसार परम्परागत रूपमा मान्दै आएको चाडपर्बहरू पनि नजिकिदै आईरहेको भन्दै उहाँले यस्ता चाडवाडमा पारिवारिक जमघट गर्दा उच्च सतर्कताका अपनाउन आग्रह गर्नुभयो ।

साथै जापानस्थित बिभिन्न संघ-संस्था र नेपाली समुदायहरूले गर्ने बिभिन्न कार्यक्रमहरुमा पनि पुनर्विचार गर्न र उच्च सतर्कता अपनाउनको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ । क्लबका अध्यक्ष कार्की र महासचिव दुर्गाबहादुर खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘यस कोरोना महामारीको परिस्थितीमा आफू पनि बचौं र अरुलाई पनि बचाऔं साथै संक्रमणबाट बच्न नियमित माक्स र स्यानिटाइजरको प्रयोग गरौं ।’

तपाईको प्रतिक्रिया