Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष झलाथ खनाल कतारमा आयोजना हुने प्रवासी नेपालीहरूको लोकतान्त्रिक मोर्चा (एनडीएफ)को सम्मेलनलाई सम्बोधन गर्न शनिबार राति दुईदिने कतार भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभयो ।
कतारतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष खनालले आफूहरू राष्ट्रिय सहमतिको पक्षमा रहे पनि सत्तारुढ दलहरूको गठबन्धन गरेको मोर्चाबन्दीले मुलुकलाई मुठभेडको दिशातर्फ लैजान खोजेको आरोप लगाउनुभयो ।
उहाँले सशक्त आन्दोलनको माध्यमबाट वर्तमान सरकारलाई हटाउनु आवश्यक भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तारुढ दलको गठबन्धन हुनु अधिनायकवादी चरित्र हो, यसको विरोधमा जनताहरू एकताबद्ध हुन सडकमा उत्रनेछन् ।”
अध्यक्ष खनालले कतारमा कार्यरत नेपाली श्रमिकहरू, गैरआवासीय नेपालीहरूका साथै राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणमा एमाले प्रवास इन्चार्ज भीम रावल पनि सहभागी हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया