टोकियो – इटालियन लिग सेरी ए मा युभेन्ट्सलाई मिलानले ४-२ गोलले पराजित गरेको छ । दुई गोलकोअग्रता बनाएको युभेन्ट्सविरुद्ध मिलानले चार गोल फर्काउन सफल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ४७ औँ मिनेटमा एद्रिन राबियोटले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । खेलको ५३ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।
त्यसपछि सिंहको उपनाम पाएका जालाटन इब्राहिमोभिकको टिमले खेलमा सानदार कमव्याक गर्यो । इब्राहिमोबिकले खेलको ६२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
खेलको ६६ औँ मिनेटमा फ्रांक केस्सीले मिलानका लागि बराबरी गोल फर्काए ।
राफायल लिओले लगत्तै गोल गर्दै मिलानलाई अग्रता दिलाए ।
खेलको ८० औँ मिनेटमा एन्टी रेबिकले मिलानका लागि सानदार गोल गरे । यो जितसँगै मिलान लिगको पाँचौ स्थानमा उक्लिएको छ । मिलानको ३१ खेलमा ४९ अंक रहेको छ । लिग लिडर युभेन्ट्सको ७५ अंक रहेको छ ।