काठमाडौँ – इटालियन सिरी–ए फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले जिनोआमाथि ३–१ गोलअन्तरको जित दर्ता गरेको छ ।
जिनोआको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो र डोउग्लास कोस्टाले १–१ गोलको योगदान दिए भने घरेलु टोलीका लागि आन्द्रेय पिनामोन्टीले १ गोल र्फकाएका थिए ।
खेलको ५० औं मिनेटमा जुवान कोड्राडोको पासलाई सदुपयोग गर्दै डिवालाले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा मिरालम प्यानिकको पासलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसको अग्रतालाई दोब्बर बनाए भने ७३ औं मिनेटमा डिवालाको पासलाई कोस्टाले गोलमा परिणत गर्दै आफ्नो टोलीलाई ३–० को स्थितमा पु¥याएका थिए ।
घरेलु टोलीका ७६ औं मिनेटमा गोल सम्भव भएको थियो ।
जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको दूरी कायम कायम राखेको छ । समान २९ खेल खेलेका युभेन्टसको ७२ अंक हँुदा लाजियोको ६८ छ ।
पराजय बेहोरेको जिनोआ समान खेलबाट २६ अंकको साथमा १७ औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा टोरिनो लाजियोसँग २–१ ले पराजित भयो ।