Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइतबार बिहानसम्ममा  वर्डमिटरको तथ्यांकअनुसार १ करोड ८१ हजार ५ सय ४५ जना संक्रमित भेटिएका छन् ।

यस्तै कोरोनाबाट ५ लाख ६२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ५० लाख ३१ हजार ७२२ जना निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २५ लाख ७ हजार ९ सय ३० व्यक्ति संक्रमणको चपेटमा परेका छन् । त्यहाँ १ लाख २५ हजार ५ सय ४ व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा  २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै संक्रमितको कुल संख्या ५ लाख २९ हजार ५७७ पुगेको छ ।

नेपालमा भने १२ हजार ३ सय ९ जना संक्रमित हुँदा २८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया