Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – गण्डकी प्रदेशमा शनिबार साँझ ३४ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परिक्षणमा थप भएका नयाँ ३४ जना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु बाग्लुङका २७ जना रहेका छन् । जसमा बडीगाड गाउँपालिकाका ६ जना, बागलुङ नगरपालिकाका १७ जना, काठेखोला गाउँपालिकाका ४ जना रहेका छन् ।

त्यस्तै तनहुँका ६ जना रहेका छन् । जसमा शुल्क गण्डकी नगरपालिकाका २ जना, भानु नगरपालिकाका ३ जना र ब्यास नगरपालिकाका एक जना रहेका छन् । त्यस्तै पर्बत जिल्लाको कुश्मा नगरपालिकाका एक जना रहेका छन् ।

गण्डकी प्रदेशमा आज शनिबार बिहान ७:१५ को बिज्ञप्ति अनुसार ३२ जना, दिउसो ५:१५ को बिज्ञप्ति अनुसार १६ जना अहिलेको बिज्ञप्ति अनुसार ३४ जना गरि आज मात्र ८२ जना गण्डकी प्रदेशमा नया संक्रमित थपिएका छन भने १ जना कर्णाली प्रदेशका रहेका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म १२१ जना ठिक भएका छन् भने अहिलेसम्म कुल संक्रमितको संख्या ८८८ पुगेको छ ।

पूरा विवरण हेर्नुहोस् :-

तपाईको प्रतिक्रिया