Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा आज कोरोना संक्रमण पुष्टि भएका ५५४ जनामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप पाँच जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

संक्रमितमध्ये चार जना काठमाडौंका र एक जना भक्तपुरका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरमा एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कुल संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष गरे १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवा बाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामा समेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया