Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – संक्रमितको दोस्रो चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

आइसोलेसनमा रहेका ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ३४ जनाको नतिजा नेगेटिभ आएको हो । अन्य ७ जनाको भने दोस्रो चरणमा पनि पोजिटिभ देखिएको कार्यालयले जनाएको छ ।

शनिबार कोरोना भाइरसलाई जितेर घर फर्किनेमा गल्याङ्ग नगरपालिकाका सबैभन्दा धेरै छन् भने भीरकोटका सबैभन्दा कम रहेका छन् । गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिका १०, आँधीखोला गाउँपालिकाका ४, अर्जुनचौपारी गाउँपालिकाका ३, र भीरकोट नगरपालिकाका १ जना रहेका कार्यालयले जनाएको छ ।

योसँगै स्याङ्जामा कोरोनामुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ५९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया