Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो ।

बिहीबार दाङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो । अन्दाजी २५–३० वर्षीया महिलालाई अचेत अवस्थामा भेटेर प्रहरीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको हो ।

शुक्रबार मात्र १०७ महिला र ४८६ पुरुष गरेर ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार पाँच सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । ७७ जिल्लामध्ये रसुवाबाहेक ७६ जिल्लामै कोरोना संक्रमण फैलिइसकेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ७१ हजार १२ छन् भने आइसोलेसन ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ।

शुक्रबार मात्र ४० पुरुष र आठ महिला गरेर ४८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया