Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

ढाका – महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उनको ३३औँ जन्मदिन मनाइरहेका समय बुधबार स्थानीय प्रशासक, कानूनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो । बङ्लादेशमा अर्जेन्टिनी स्ट्राइकर मेसीलाई विश्वकै नमूना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो सङ्ख्या रहेको बताउने गरिएको छ ।

क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराई प्रतिव्यक्ति १०० टाका (करिब १.१५ अमेरिकी डलर) जरिवाना गरिएको न्यायाधीश फिराज हुसेनले बताउनुभयो । महामारीमा भेला भै निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिवाना गरिएको उनले बताए ।

“उनीहरूले साँझमा घरबाहिर (क्याफे)मा भेला भई सामाजिक दूरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उल्लङ्घन गरेकोले जरिवाना गरिएको हो,” हुसेनले एएफपीलाई बताए ।

बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमश सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दूरी कायम गर्ने कुरालाई भने कडाइसाथ पालना गर्न आग्रह गरिएको छ ।

बङ्गलादेशमा बिहीबारसम्म कोरोना भाइरस सङ्क्रमित एक हजार ५८२ जनाको मृत्यु भएको छ भने एक लाख २२ हजार व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्क रहेको छ । तर स्वास्थ्यविद्हरूले बङ्गलादेशममा पर्याप्त कोभिड–१९ परीक्षण नभएको भन्दै कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या योभन्दा अत्यधिक बढी रहेको बताइएको छ ।

बङ्गलादेशमा फुटबल निकै लोकप्रिय खेल मानिने गर्छ । तर राष्ट्रिय टोली तथा खेलाडीहरूले विश्वव्यापीरूपमा व्यवसायिक खेलहरूमा खासै स्थान लिन नसक्दा यहाँका खेलप्रेमीहरूले आफ्नो समर्थन र माया विदेशी समूह वा खेलाडीलाई दिने गर्छन् ।

मेसीको जन्मदिनको पार्टी गरिएको ‘वल्ड टाउन कफी हाउस’ का मालिक जाहिदुल अलामले आफूले जरिवाना तिर्नुपरेको स्वीकार गर्दै यो बङ्गलादेशी फुटबल फ्यानका लागि सहयोग भउको बताए ।

युवाहरूले मेसीको जन्म दिनको खुशियाली मनाइरहेका समय आफूले उनीहरूलाई बलपूर्वक घर फर्काउन नसकेको अलामले बताए । एएफपी

तपाईको प्रतिक्रिया