Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।

असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। निमोनिया र मधुमेह रोगबाट पीडित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

त्यस्तै ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने ती पुरुषमा पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा लगिएको थियो ।

त्यसपछि उनलाई भेन्टिलेटरको सपोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । नर्भिक अस्पतालले आइसोलेसनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ आएपछि पाटनमा रेफर गरिएको थियो । पाटनमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया