Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
भक्तपुर- राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले नेपालको खेलकुद ढुङ्गे युगमा चलिरहेको बताउनुभएको छ ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले  परिषद्बाट स्कुल, कलेज र विश्वविद्यालय केन्दि्रत खेल कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो ।
खेल क्षेत्रलाई राजनीतिबाट अलग राख्न अनुरोध गर्दै उहाँले भन्नुभयो- “खेलाडी काँग्रेस, एमाले र माओवादीको हुन सक्दैन खेलाडीहरू राष्ट्रका सम्पत्ति हुन् ।”
उहाँले भक्तपुरमा उसु एकेडेमी स्थापना गर्न परिषद्ले रु एक करोडको बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सो अवसरमा उहाँले जिल्लाव्यापी खुल्ला तथा विद्यालयस्तरीय सडक दौड र टेबलटेनिस प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार पनि वितरण गर्नुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिल गोठे (वासु)ले समितिको नाममा १६ रोपनी जग्गा भए पनि उपभोग गर्न नपाएको गुनासो गर्दै पूर्वाधारको अभावमा खेलाडीहरू दैनिक अभ्यास गर्न नपाएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया