Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीले कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए ।

सभ्यता शर्मा (१०) र एलिस कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए ।

कार्यक्रममा औरुस लम्साल, टीया आचार्य, अभिराजथिवी, अश्मी अधिकारी, दिलाशा शर्मा, जयान मोहम्मद सैयद, कृती, तिमल्सिना, कृतिका राउत, कृष्णा थापा, निर्भिक अर्याल, लियाना अहमद, प्रसिद्घ पन्त, साक्षी भट्टराई, शैलेश शर्मा, सियोअन थापा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङ, आयुषा कँडेल, सभ्यताशर्मा, एलिश कार्की लगायतले कोरोना कहरको अनुभव सुनाए ।

दुई दर्जनभन्दा बढी बालबालिका सहभागी उक्त कार्यक्रममा वर्ष पाँचदेखि १२ सम्मका भाइबहिनीको रमाइलो छलफल रहेको थियो । सबैभन्दा कम उमेरकी युभरानी गुरुङ पाँच वर्षकी हुन् । बालबालिकाले सो कार्यक्रममा आफूले कोरोनाको कारणले भोग्नुपरेका समस्या, आफ्नो दैनिकीमा आएका परिवर्तनका बारेमा एकापसमा छलफल गर्दै भविष्यमा भएका उनीहरुका योजनाका बारेमा पनि सबैमाझ प्रस्तुत गरेका थिए ।

सो कार्यक्रमको संयोजन गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा सञ्जीव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सैयदले गरेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घको आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया