Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सर्वोच्चका न्यायाधीश प्रकासमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवस्यक देखिएको भन्दै रिटलाई अग्राधिकारसमेत दिएको छ । अग्राधिकार दिएको रिटलाई मुद्दा सुनुवाईकाक्रममा प्राथमिकताक्रममा राखिन्छ । महिला कानुन तथा विकास मञ्चको तर्फबाट अधिवक्ताहरु सविन श्रेष्ठ, नविन कुमार श्रेष्ठ, पूर्णा श्रेष्ठ, सोनाली रेग्मीरोशना श्रेष्ठ र दीपेश श्रेष्ठले संयुक्त रुपमा रिट दायर गरेका थिए ।

संविधानद्वारा सुनिश्चित मौलिक हक तथा नेपालद्वारा अनुमोदित अन्तरास्ट्रिय महासन्धि तथा प्रतिज्ञापत्रद्वारा सुनिश्चित गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलाई कार्यन्वयन गर्न संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ पारित भए पनि कार्यन्वयनको लागि अझै नियमावली बनेको छैन ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली निर्माण गर्न, ऐन वमोजिम प्रजनन स्वास्थ्य समन्वय समिति तत्काल गठन गर्न, किशोरी तथा अपाङ्गमैत्री सेवा सम्बन्धी निर्देशिका बनाउन रिटमा परमादेशको मागसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया