Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा गरिएको खर्च विवरण खार्वजनिक गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको निर्देशन समितिको निर्णय अनुसार आज ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँका खर्च विवरण सार्वजानिक गरिएको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा उक्त रकम खर्च भएको प्रधानमन्त्रीका प्रेस सल्लाहार सूर्य थापाले फेसबुकमाफर्त सार्वजनिक गरेका छन् । सरकारले औषधी उपचारमा ३ अर्ब ९० करोड, स्वास्थ्य पुर्वाधारका क्षेत्रमा १ अर्ब १२ करोड, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख, क्वारेन्टिनमा १३ करोड ५५ लाख, अन्य शीर्षकमा ४० करोड १५ लाख खर्च गरेको जानकारी दिएको छ ।

संघीय सरकारका अन्तर्गत स्वास्थ्य मन्त्रालयले १ अर्ब ५८ करोड, रक्षा मन्त्रालयले २ अर्ब ४० करोड, २ करोड ४५ लाख, संस्कृति तथा पर्यटन मन्त्रालयले ५ करोड २० लाख, सहरी विकास मन्त्रालयले १ करोड ४२ लाख शिक्षा मन्त्रालयले प्रविधि र सिप सिकाईका लागि २ करोड ६१ लाख खर्च गरेको छ ।

यस्तै प्रदेश सरकारले १ अर्ब ३० करोड खर्च गर्दा स्थानिय सरकारले २ अर्ब ९८ करोड ५१ लाख खर्च गरेको छ । सुदुरपश्चिम प्रदेशले सबैभन्दा बढि ३६ करोड ४८ लाख खर्च गर्दा प्रदेश नम्बर ५ ले ७ करोड ७९ लाख खर्च गरेको छ ।

हाल सम्म कोरोना राहत कोषमा ४ अर्ब ८३ करोड रकम जम्मा भएको जनाईएको छ । सरकारले १० अर्ब खर्च भएको दाबी गरेपनि सार्वजनिक खर्च विवरण भने ८ अर्ब ३९ करोडको मात्रै छ ।

यता केही दिन यस्ता कोरोना रोकथाम र नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै देशैभर युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिरहेका छन । प्रदर्शनकारीहरुले सरकारले कोरोना संकटका नाममा ठूलो अनियमितता गरेको,सर्वसाधारणलाई पीसीआर बिधिबाट कोरोना परीक्षण नगरेको लगायत माग राखी प्रदर्शन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया