Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

चितवन – चितवनको माडी नगरपालिकाका आठ जनामा कोरोना संक्रमण फेला परेको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका आठ जनामा संक्रमण फेला परेको हो ।

माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा आठ जनामा पोजेटिभ देखिएको स्रोतले जानकारी दियो । भरतपुर अस्पतालमा शुक्रबार १९७ वटा स्वाब परीक्षण गरिएको थियो ।

जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको आठ, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन । चितवन कोरोना अस्पतालबाट हालसम्म आठ जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया