Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति घुसाइएको गुनासो गरेका छन् । मन्त्रालयमा कान्ति बाल अस्पतालको ई-टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका छन् ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिएर जोखिममाथि जोखिम थपिएको गुनासो गरे । ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौं हामी, पछिल्लो दिनमा राजनीति पनि मिसियो’, उनले थपे, ‘खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौं ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रिया समेत सहज हुने बताए । एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले उल्लेख गरे ।

‘घण्टौं लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ’, उनले भने, ‘यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।’ अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिए । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । सो मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गरे । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनु पर्नेमा उनले जोड दिए ।

सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए ।

उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्ने छन् । यसका लागि दर्ता शुल्क ५० लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया