Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – कोरोना भाइरस बारे अहिले विश्वभर भइरहेका अनुसन्धानहरुबाट हरेक दिन नयाँ नयाँ कुरा बाहिर आउनेक्रम जारी रहेको छ ।

गत डिसेम्बरबाट चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिलेसम्म विश्वभरका ७० लाखभन्दा बढी संक्रमित भएका छन् भने ४ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । अहिले विश्वका कैयौं देश कोरोनाविरुद्धको भ्याक्सिन र यसको सुरुवात कसरी भयो भन्ने अध्ययनमा व्यस्त रहेका छन् ।

अहिले अमेरिकाले चीनले भाइरसको बारेमा पारदर्शिता नअपनाएको आरोप लगाउदै आएको छ । यसैक्रममा अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग समेत चीनलाई साथ दिएको भन्दै सबै सम्बन्ध तोडेको घोषणा गरिसकेको छ । यसैबीच अमेरिकाको हवार्ड मेडिकल स्कुलको एक अध्ययनमा चीनमा कोरोना भाइरसको संक्रमण धेरै पहिलादेखि शुरु भएको हुनसक्ने अनुमान सार्वजनिक गरिएको छ ।

कमर्शियल सेटलाइट इमेजरीको सहयोगले वुहान शहरको केहि तस्बीरहरुको अध्ययन गर्दै यस्तो अनुमान गरिएको अध्ययनमा बताइएको छ । २०१९ को अगस्त महिनाको तस्वीरको अध्ययन गर्दा वुहान शहरको अस्पताल बाहिर ठुलो संख्यामा गाडीहरु देखिएको छ । अध्ययनका अनुसार अहिले सार्वजनिक भएभन्दा धेरै पहिला देखि नै चीनमा कोरोना फैलिएको थियो ।

यस अध्ययनमा अनुसन्धानकर्ताहरुले वुहानका पाँच ठुला अस्पतालको बाहिर आश्चर्यजनक रुपमा सवारी साधनको भिड रहेको उल्लेख गरेका छन् । साथै अध्ययनमा मानिसहरुमा मौसमी ज्वरो र खोकी तथा डायरिया देखिएको हुनसक्ने, जुन कोरोनाको सामान्य लक्ष्यण रहेको छ । अध्ययनको नेतृत्व गरिरहेका डाक्टर जोन ब्राउनस्टेनले एक टेलिभजनसँगको कुराकानीमा यो अध्ययनबाट बाहिर आएका तथ्यले कोरोनाको उत्पतिलाई बुझ्न महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

उनले स्पष्ट रुपमा कोरोना भाइरसको शुरुवात भनिने महिनाभन्दा पहिलाका महिनाहरुमा केहि न केहि सामाजिक व्यवधान अवश्य रहेको बताए । २०१९ को डिसेम्बरमा चीनले डब्लुएचओलाई कुनै अज्ञात कारणले निमोनिया जस्तो रोग देखिएको सुचित गरेको थियो । यसको ९ दिनपछि निमोनिया जस्तो देखिएको यो रोगमा कोरोना भाइरसको पहिचान भएको जानकारी दिएको थियो ।

तपाईको प्रतिक्रिया