Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

इस्लामावाद – पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रबार बिहान जानकारी दिइएको छ

। ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले बुधबार मात्र यहाँ ४ हजार ६५ जना संक्रमित थपिएको जनाएको थियो । शुक्रबार बिहान ४ हजार ६८८ जना पुगेको बताइएको हो ।

यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ७७० जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट निको भएका व्यक्तिको संख्या ३० हजार १२८ रहेको पनि जनाएका छन् । यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँमात्र कोरोनाका ३३ हजार संक्रमित भेटिएका छन् ।

त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो र त्यहाँ ३१ हजार संक्रमित पाइएका छन् । यहाँ कोरोना भाइरसका प्रभावितहरुको संख्या प्रति दिन बढिरहेको भए पनि यहाँका प्रधानमन्त्री इमरान खानले भने देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया