Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना संक्रमणको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ ।

मन्त्रालयले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी यसबारे जनाकारी दिएको हो। बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा‍.लक्ष्मी नारायण तिवारीले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट पोजिभिट आएको हो।

पञ्चपुरी नगरपालिका–९, विद्यापुर, सुर्खेतस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जेठ ८ गतेदेखि बसेका युवक बुधबार घर गएका थिए। बुधबार गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको मन्त्रालयले विज्ञप्तिमा जानकारी दिएको छ।

बिहीबार बिहान २ः१५ बजे युवकको मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको महाशाखा प्रमुख तिवारीको भनाइ छ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। ११ मध्ये १० जनाको मृत्युपछि मात्रै कोरोना संक्रमणको पुष्टि हो।

तपाईको प्रतिक्रिया