Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए उनी ५ दिन अघि भारतबाट आएका थिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुरा एक, दोलखाका एक र यो गरी १० जनाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया