Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यरत एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको छ ।

साथै अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको हो । अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन ।

केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीका अनुसार ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको हिजै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

तपाईको प्रतिक्रिया