Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – कोरोनाको औषधि पत्ता लगाउन विज्ञानिकहरु संघर्ष गरिरहेका बेला वैज्ञानिकहरुले कोरोनाको उपचारमा ईबुप्रोफेनको प्रयोग गरिरहेका छन् । लन्डनका दुई अस्पतालका डाक्टरहरुको टिमले ज्वरो र दुखाईमा राहत दिने ईबुप्रोफेनले श्वांस फेर्न गाह्रो हुने समस्याको उपचार गर्न सक्ने बताएका छन् ।

लन्डनको गायज एण्ड थमस अस्पताल र किंग्स कलेजका डाक्टरहरुले कम खर्चमै आउने यो औषधिले कोरोना संक्रमितलाई भेन्टिलेटरबाट बाहिर राख्न मद्धत गर्ने दाबि गरेका छन् । अहिले यो औषधिको परिक्षण चलिरहेको र कोरोना संक्रमितलाई ईबुप्रोफेनपनि दिन शुरु गरिएको बताएका छन् ।

अहिले जारी ट्रायलमा ईबुप्रोफेनको समान्य ट्याबलेटको ठाउमा यसको खास फर्मूलेशनको प्रयोग गरिरहेको उनीहरुले बताएका छन् । जनावरमा गरिएको परिक्षणमा ईबुप्रोफेनले श्वासको समस्यालाई समाधान गर्ने देखिएको थियो । धेरै जसो कोरोना संक्रमित विरामीहरु श्वास फेर्न समस्या आएको देखिएपछि यो औषधिको ट्रायल गर्न थालिएको बताइएको छ ।

यस रिसर्चमा सामेल किंग्स कलेजकी प्रोफेसर डाक्टर मितुल मेहताले यो औषधिमा कोरोनाको उपचारका लागि सहयोगी हुने सम्भावना देखिएको भन्दै सहि नतिजाका लागि अझै ट्रायलको जरुरी भएको बताएकी छन् ।

महामारीको शुरुवातमा ईबुप्रोफेनको प्रयोग गर्न डाक्टरहरु डराएका थिए । उनीहरु कुनै साइडइफेक्ट हुने डरले यो औषधि प्रयोगमा ल्याएका थिएनन् । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर वेरानले ईबुप्रोफेनले कोरोना संक्रमितको समस्या झन् बढाउने बताएपछि चिकित्सकहरु यसको प्रयोगमा हिच्किचाएका थिए ।

तपाईको प्रतिक्रिया