Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ८ हजार ९०९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । भारतमा अहिलेसम्म २ लाख ७ हजार ६१५ जना संक्रमित भएका छन् । त्यस्तै २४ घण्टामा भारतमा २१७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ५ हजार ८१५ पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख ३०३ जना ठिक भएका छन् भने एक लाख एक हजार ४९७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख ५२ हजार ७६१ पुगेको छ भने मृतकको संख्या ३ लाख ८२ हजार ४८४ पुगेको छ । त्यस्तै विश्वभर ३० लाख ६७ हजार ६९७ जना कोरोना संक्रमित ठिक भएका छन् ।

तपाईको प्रतिक्रिया