Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जान सक्ने देखिएको हो ।

बालबालिका तथा किशोरकिशोरीहरुको एक्लोपना र मानसिक अवस्था विषयमा अमेरिकामा सो अनुसन्धान गरिएको हो । अमेरिकाको एक स्वास्थ्य सम्बन्धी जर्नलमा प्रकाशन गरिएको सो लेखमा ४ देखि २१ वर्षसम्मका बालबालिका र किशोर किशोरीहरुमा अनुसन्धान गरिएको थियो ।

यसरी गरिएको यस अध्ययनमा एक्लोपनमा बस्ने किशोर किशोरीहरुमा अन्य सामान्य अवस्थामा भन्दा तीन गुणा बढी डिप्रेसनको सम्भावना हुने देखिएको छ । अहिलेको यो एक्लोपनाले कम्तीमा ९ वर्षसम्म उनीहरुमा डिप्रेसनको समस्या ल्याउन सक्ने सो अध्ययनमा देखिएको छ ।

सो अध्ययनमा अहिलेको कोभिड १९ ले मानिसको मानसिक स्वास्थ्यमा पारेको प्रभावको बारेमा बुझ्न अरु कम्तीमा पनि १० वर्ष लाग्न सक्ने देखिएको पनि बताइएको छ ।रासस

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया