Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार मात्रै दुईवर्षे बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टिभसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरे । उनको आइतबार बिहान मृत्यु भएको थियो । त्यसैगरी, शनिबार दुल्लु नगरपालिका ११ दैलेखका का ३५ वर्ष पुरुषको कोरानाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक र यो गरी ८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया