Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ८ हजार ३८० जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्म कै धेरै संख्या हो ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार १४३ पुगेका छन् । त्यस्तै २४ घण्टामा भारतमा १९३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ५ हजार १६४ पुगेको छ । भारतमा अहिलेसम्म ८६ हजार ९८४ जना ठिक भएका छन् भने ८९ हजार ९९५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ६१ लाख ६० हजार ४५५ पुगेको छ भने मृतकको संख्या ३ लाख ७१ हजार ७ पुगेको छ । त्यस्तै विश्वभर २७ लाख ३८ हजार ३०६ जना कोरोना संक्रमित ठिक भएका छन् ।

तपाईको प्रतिक्रिया