Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा एकैदिन थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशाखामा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८९ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म २१९ जना कोरोना निको भएर घर फर्किएका छन् भने संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नेपालमा हालसम्म आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएको छ भने पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २१ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया