Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनको जेठ १० गते मृत्यु भएको र परीक्षणमा कोरोना देखिएको उनले बताए ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

तपाईको प्रतिक्रिया