Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

सप्तरी – सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ श्यया भरिएको छ । सङ्क्रमितको सङ्ख्या ३३ पुगिसकेकाले अन्य व्यवस्था नहुँदासम्म उहाँहरुलाई बसिरहेकै क्वारेन्टिनमा अलग्गै राख्न लगाइएको उहाँले बताउनुभयो । क्वारेन्टिनमा राखिएका सङ्क्रमितको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनामा बोदे बर्साइनका १२ जना तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एकजना थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको परीक्षणअनुसार राजविराज–१० का नयाँ चारजना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिष्ठानले जानकारी दिएको यहाँका चार, मन्त्रालयले पुष्टि गरेका बोदे बर्साइनका तीन, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एकजनालाई गएराति यहाँस्थित आइसोलेशनमा ल्याइएको छ । यसअघि आइसोलेशनमा डाकनेश्वरीका तीन, बलान बिहुलका तीन, सुरुङ्गाका एक र बोदे बर्साइनका आठ गरी १५ जना रहेका छन् ।

आइसोलेशन वार्डका २४ श्यया नै भरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार कोरोना सङ्क्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौजना क्वारेन्टिनमै रहेका छन् । आइसोलेनशमा राख्नका लागि अस्पतालमा श्यया खाली नभएका कारण क्वारेन्टिनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दासले बताउनुभयो ।

तपाईको प्रतिक्रिया