काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी दलका युवा तथा विद्यार्थीहरुले दैनिक कालोझण्डा देखाइरहेका छन् ।
पोखरामा कालोझण्डा सामना गरेलगत्तै सरकार विरुद्ध आन्दोलन गर्दै आएका एमाले र कांग्रेसका भातृ संगठनका कार्यकर्ताले मंगलबार बिहान काभ्रेमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।
काठमाडौं विश्वविद्यालयको बैठकमा भाग काभ्रेको बनेपा गएका भट्टराईलाई युवाहरुले तीनददोवाटो र चारदोवाटोमा कालो झण्डा देखाएका हुन् ।
तीनटोबाटोमा एमाले निकट युवा संघ र अनेस्ववियु र चारदोबाटोमा कांग्रेसको भातृ संगठन दरुण दल र नेविसंघले विरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेक्रममा प्रहरीसँग झडप हुँदा दुई जना कार्यकर्ता घाइते भएका छन् ।