Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपालमा थप ३२ जना जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ जना, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बारा र काठमाडौँका एक एक जना रहेका छन् ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गैरिएको परिक्षणमा रुपन्देहीको गैडह्वा र रोहिणी गाउँपालिकाका ८ जना, त्यस्तै भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका एक जना रहेका छन् ।

नयाँ संक्रमितमा तीन जना महिला र २९ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४८ पुगेको छ । जसमा पुरुषको संख्या ४६९ र महिला ७९ जना रहेका छन् ।

अहिलेसम्म ७० जना संक्रमित ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया