Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेलधुरा र बैतडीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा १-१ जनामा कोरोना पुष्टि भएको हो । यी जिल्लामा पहिलोपटक संक्रमण देखिएको हो ।

डडेलधुरा र बैतडी आज थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जना गरी थप २० जनामा कोरोना संक्रमण देखिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।

यस्तै बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७० पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया