Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
                                                                                                       तस्बिर : देवनारायण साह

काठमाडौं – कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप आठ जना निको भएपछि डिस्चार्ज गरिएको छ ।

आज डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् । भुल्केका तीन जनालाई होम क्वारेन्टाइनमा र भारतीयलाई विराटनगर-१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए । यससँगै देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया