Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

नयाँदिल्ली – गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड-१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड-१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३५ हजार ५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ संक्रमति रहेका छन् ।

तपाईको प्रतिक्रिया