Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा एकैदिन थप ६२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहान ९ र दिउँसो ५३ गरी थप ६२ जनामा कोरोना पृष्टि भएको हो ।

आज बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा ४६ पुरुष एक महिलामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक-एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको हो ।

यसअघि आजै बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया