Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि  मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए।

उनका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या छ।

उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोभिड-१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ती हुन्।

उनको शनिबार नै पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो।

त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते सुत्केरी भएकी उनी २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्र र त्यसपछि धुलिखेल अस्पताल ल्याइएको थियो।

मन्त्रालयका अनुसार अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति भएको आधिकारिक जानकारी गराएको थियो।

बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनका अनुसार ती महिला सिन्धुपाल्चोक राम्चेकी हुन्। कोरोना संक्रमणका कारण उनको मृत्यु भएपछि नगरपालिकाले उनको गाउँ र स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया