Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – चीनको हुनानमा नक्कली दूध पिएर थुप्रै बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि अधिकारीहरूले छानबीन शुरू गरेका छन् ।

यो दूधबाट स्वास्थ्यसम्बन्धी गम्भीर समस्या आएको समाचार चिनियाँ मर्निङ पोष्टले लेखेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, योङसिङ काउन्टीमा बेइ आन मिन नामक प्रोटीन पेयपदार्थलाई दूध भनी लभ बेबीज वर्कशपले बेचेको थियो ।

दूधमा एन मिन नामक प्रोटिन ड्रिंकको जाँच भएको हो ।

पाँचजना बालबालिकाका मातापिताले काउन्टीको बजार अनुगमन अधिकारीलाई बच्चाहरूमा एक्जेमा नामक छालारोग लागेको बताए । त्यो रोग लागेपछि छाला रातो हुने र चिलाउने, तौल घट्ने र टाउको सुन्निने समस्या देखिन्छ । प्रोटीन ड्रिंक पिएपछि बच्चाहरूमा त्यो समस्या देखिएको हो ।

चीनमा नक्कली धूलो दूध बेचिने गरेकाले चिनियाँ मातापिता विदेशी ब्रान्डका दूध मात्र आफ्ना सन्तानलाई पिलाउँछन् । सन् २००८ मा प्लास्टिक बनाउन प्रयोग गरिने मेलामाइन धूलो दूधमा हालिएको र त्यो दूध पिएर ६ बालबालिकाको मृत्यु भएको घटना निकै विवादित बनेको थियो ।

तपाईको प्रतिक्रिया