Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – चीनको तिब्बत प्रान्तको सिगात्से सहरको डिंग्रीबाट दोलखाको सिमावर्ती विगु गाउँपालिकाका बासिन्दालाई खाद्य र स्वास्थ्य सामग्री पठाएको छ । चीनियाँ टोलीले आज नेपाल चीनको सिन्धुपाल्चोकस्थित मितेरीपुलमा हस्ताक्षर गरी खाद्य र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

चीनियाँ टोलीले सीमामै आएर चामल, मैदा, तेल, चिनी, पाउडर दूध, चियापती र नुन उपलब्ध गराएको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । दोलखासँग सीमा जोडिएको सिगात्सेको डिंग्री काउन्टीले उपलब्ध गराएको खाद्य चिनियाँ टोलीले तातोपानी भन्सारसम्म ल्याइदिएको र भन्सार छुटको लागि पत्राचार गरिसकिएको अध्यक्ष खड्काले जनाए ।

अध्यक्ष खड्काका अनुसार ४ लाख ७४ हजार ९ सय चीनियाँ युआन बराबरको खाद्य सामग्री तातोपानी भन्सारसम्म ल्याइ दिएको हो । त्यसमा १ हजार बोरामा साढे २२ टन चामल, पाँचसय प्याकेटमा साढे १२ टन मैदा, साढे ४ टन खानेतेल, ४ दशमलब ८ टन चिनी, २ दशमलब १६ टन पाउडर दूध, ४ टन चियापती र साढे १२ टन नुन रहेको अध्यक्ष खड्काले जानकारी दिए । चीनियाँ युआनको मंगलबारको सटही दरअनुसार ८१ लाख ४० हजार मूल्य बराबरको ६२ दशमलब ९६ टन खाद्यन्न विगु गाउँपालिकाले प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया