Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि आजै साँझ ५ बजेदेखि जेठ ५ गते सम्म कपिलवस्तु सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । लकडाउनका बेला पनि छिमेकी मुलुक भारतबाट लुकिछिपी जिल्ला भित्रिने क्रम नरोकिएपछि सुरक्षा समिति जिल्ला सिल गर्ने निर्णयमा पुगेको हो ।

संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अति आवश्यकीय वस्तुहरु ढुवानी, एम्बुलेन्स, शवबाहन तथा राजमार्ग भएर गुड्ने सवारीसधानहरुबाहेक जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसहरुको आवतजावत र सम्पूर्ण किसिमका गतिविधि बन्द जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

खाद्यान्न तथा तरकारी किनेमलका लागि हरेक दिन बिहान ७ देखि ९ बजेसम्मका लागि समय कामय गरिएको छ । सोमबारमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० का १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसअघि कपिलवस्तुमा पाँच जनामा कोरोनाको संक्रमण देखिएको थियो । अहिलेसम्म कपिलवस्तुमा १५ जना कोरोनाका संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया