Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – विश्वका धेरै देशमा कोरोना भाइरस संक्रमणविरुद्धको औषधि विकास गर्ने प्रयास चलिरहेका बेला नेपालले पनि कोरोनाविरुद्धको औषधि परीक्षण गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी आह्वानअनुसार नेपालमा पनि कोरोनाविरुद्धको औषधि परीक्षण गर्न लागिएको हो । यस अभियानमा नेपालसहित सय भन्दा बढी देशले ऐक्यबद्धता जनाएका छन् । औषधि परीक्षणका लागि सचिवस्तरीय निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई काम अगाडि बढाउन अनुमति दिइसकेको छ ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार विश्व स्वास्थ्य संगठनको आह्वान बमोजिम कोरोनाविरुद्ध बनेको औषधि नेपालका पनि संक्रमितमा परीक्षण गर्न लागिएको हो । विश्व स्वास्थ्य संगठनकै सहयोगमा नेपालमा औषधि मानवमा परीक्षण गर्न लागिएको हो ।

अमेरिकाको जिलिड फर्मासिटिकल्स कम्पनीले उत्पादन गरेको एन्टिभाइरल रेम्डेसिभिर औषधि नेपालका कोरोना संक्रमितलाई प्रयोग गर्ने तयारी भइरहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । जुन औषधिलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोरोना बिरामीमा प्रयोगका लागि केही दिनअघि मात्र स्वीकृति दिएको थियो ।

यो औषधि इबोला बिरामीका लागि बनाइएको थियो । त्यो रोगमा यसले काम नगरेको तर कोरोनालाई राम्रो काम गर्ने वैज्ञानिकले दाबी गरेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध अहिले विभिन्न खोप तथा औषधि विकास गर्ने क्रम जारी छ। तिनैमध्ये केही खोप तथा औषधि मानव परीक्षणका क्रममा छन् । परीक्षणपछि प्रभावकारी काम गरेको पाइए विभिन्न प्रक्रिया पूरा गरेपछि बल्ल आम प्रयोगमा ल्याइने छ ।

तपाईको प्रतिक्रिया