Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ । आज २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए । आज स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट भोलि दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् । भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । हेर्नुहोस् १० तस्वीर :- तस्वीर : रासस

तपाईको प्रतिक्रिया