Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

नयाँ दिल्ली – छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकैदिन १ सय ९९ जनाले ज्यान गुमाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ सय ९९ को मृत्यु भएको हो ।

योसँगै भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ९ सय नयाँ केस थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ । अहिलेसम्म पहिचान भएका संक्रमितको संख्या ४९ हजार ३ सय ३३ पुगेको छ ।

कोरोनाको कारण मृत्यु हुनेको संख्याले यसका कारण हुने मृत्युदर पनि बढाएको छ । अप्रिल ३० सम्म संक्रमितमध्ये ३.२ प्रतिशतको मृत्यु देखिएको थियो भने मंगलवार आइपुग्दा यो दर ३.४ प्रतिशतमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया