Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो साता अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीतिहरू जारी गर्दैछन् । विश्वका अरू वायुसेवाहरूले पनि हवाई उडान शुरू भएपछि मास्कलाई बाध्यकारी बनाउने तयारी थालेका छन् ।

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र वायुसेवाहरूले यसै महिनामा उडानहरू शुरू गर्ने लक्ष्य राखेका छन् । सोमवार अमेरिकाको डेल्टा एअरलाइन्सले यात्रुहरूले चेक/इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने बताएको छ ।

बीबीसीका अनुसार अमेरिकन एअरलाइन्स र युनाइटेडले पनि चालकदलका सदस्य र यात्रुका लागि मास्कलाई अनिवार्य बनाउने बताएका छन् । अमेरिकन एअरलाइन्सका एक प्रवक्ता कुर्ट स्टाचले आफ्नो वायुसेवा यात्रुहरूले यात्रा गर्दा मानसिक रूपमा शान्तिपूर्वक यात्रा गर्ने अवसर दिन प्रतिबद्ध भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया