Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बझाङ – लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाउँदा बझाङकी एक मुटुरोगी महिलाको मृत्यु भएको छ ।

बझाङको साइपाल गाउँपालिका-१ धलौन घर भई चैनपुरमा डेरा गरी बस्दै आएकी ४७ वर्षीया कंकादेवी बोहराको नियमित सेवन गर्ने औषधि नपाएर मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि स्थानीयहरुले उनलाई जिल्ला अस्पताल लगेका थिए ।

लामो समयसम्म सरकारले गरेको लकडाउनका कारण उनले काठमाडौबाट मगाएर सेवन गर्दै आएको औषधि पछिल्लो समय पाउन सकेकी थिइनन् । मुटुको भल्वमा समस्या भएकी उनको नियमित सेवन गर्ने औषधि नपाएर सोमबार मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए ।

‘आफन्तको सहयोगमा बर्षौदेखि काठमाडौबाट औषधि ल्याएर सेवन गर्दै आएकी थिइन्’, स्थानीय सुरेन्द्र बोहोराले भने, ‘औषधि सकिएको रहेछ, जिल्लामा त्यो औषधि पाइँदैन लकडाउनले गर्दा काठमाडौबाट औषधि मगाउन नसकेर अकालमा नै ज्यान गुमाउनु परेको हो ।’

विगत ५ वर्षदेखि मुटुसम्बन्धी समस्या झेल्दै आएकी बोहराको काठमाडौंमा उपचार गर्दा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए । कारणबस त्यतिबेला उनको अप्रेसन हुन सकेको थिएन । नियमित खाने गरेको औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया