Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं । अमेरिकामा सोमबार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । यो एक महिनायताको २४ घण्टामा भएको सबैभन्दा कम मृत्यु हो ।

कोभिड-१९ बाट अमेरिकामा अहिलेसम्म कुल ६८ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ ।  अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ८० हजारभन्दा बढी पुगेको छ जुन स्पेनको भन्दा पाँच गुणा र चीनको भन्दा १४ गुणा बढी हो ।

सङ्क्रमितमध्ये दुई लाखभन्दा केही थोरै मानिस निको भइसकेका छन् । अमेरिकाको एउटा आन्तरिक सरकारी दस्तावेजले त्यहाँ जुन १ तारिखसम्ममा सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या ह्वात्तै बढ्ने अनुमान गरिएको न्यूयोर्क टाइम्स दैनिकले लेखेको छ ।

त्यो अनुमान अनुसार यो महिनाको अन्त्यसम्म अमेरिकामा दैनिक दुई लाख सङ्क्रमण र लगभग दैनिक ३,००० को मृत्यु हुनेछ ।

तपाईको प्रतिक्रिया