Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बारा – कोरोना भाइरसको संक्रमित दुई जनाको सम्पर्कमा आएका बाराका ६ जना मैं संक्रमण नभएको पाईएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका ४३ वर्षिय पुरुषको परिवारका तीन सद्स्य सहिँत चार जना र वडा नम्बर १९ ईनरवासिरा स्थित मदर्साका ३१ वर्षिय मौलाना ‘शिक्षक’ का सहयोगी दुई जनाको स्वाब संकलन गरि परिक्षणका लागि काठमाण्डौं स्थित केन्द्रिय प्रयोगशालामा पठाईएकोमा शनिवार सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका महामारी रोग फोकल व्यक्ती शंकर गुप्ताले जानकारी दिए ।

गत बैशाख १७ गते दुई जनामा सक्रमण पुष्टि भए पछि बारा प्रशासनले उक्त क्षेत्र सिल गरि संक्रमितको नजिकका व्यक्तीहरुलाई सिमरा स्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा भर्ना गरि स्वाब परिक्षणका लागि काठमाण्डौं पठाएको थियो ।

भारतको दिल्ली स्थित नेजामुदिन मर्कचमा आयोजित धार्मीक सभाबाट फर्किएका उनिहरुको कन्ट्याक ट्रेसिङ्गको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

तपाईको प्रतिक्रिया