Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

नयाँदिल्ली – भारतमा एकै बटालिएनका १२२ प्रहरी कोरोना संक्रमित भएका छन् । दिल्ली मयुर बिहारस्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ बटालिएनका प्रहरीहरुमा कोरोना भाइरस देखिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

एक सब-इन्स्पेक्टरको कोरोना भाइरसका कारण मृत्यु भएपछि सीआरपीएफ बटालिएनका सबै प्रहरीको स्वाब परीक्षण गरिएको थियो । उक्त बटालिएनमा ४८० जना प्रहरी रहेको जनाइएको ।

हालसम्म भारतमा ३७ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यीमध्ये एक हजार २२३ को मृत्यु भएको छ भने १० हजार उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया