Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं- बेलायतको रियालिटी शो ‘ब्रिटेनस् गट ट्यालेन्ट’मा एक नेपाली छनोटमा परेका छन्।

बेलायतमा बस्दै आएका नेपाली भीम निरौला उक्त शोको लागि छानिएका हुन्।

सात वर्ष अगाडी रिलिज भएको ‘सन्डे मर्निङ लभ यू’ बोलको गीत गाएर भीम उक्त शोमा छानिएका हुन्।

५४ वर्षीय निरौलाले गाउन शुरू गरेपछि शोमा उपस्थित दर्शकले सँगै गाएका थिए। त्यस्तै तिनैजना निर्णायकलाई समेत नचाएका थिए।

उनी स्टेजबाट निस्किएपछि निर्णायकहरू डेभिस वालिएम्स, एल्सा डिक्सन र अमान्डा होल्डेनले एकसाथ ‘सन्डे मर्निङ लभ यू…’ गाएर अर्का निर्णायक सिमन काउवेललाई जिस्काएका थिए।

त्यसपछि दर्शकदीर्घाबाट ‘आन वाना लच यू एभ्री डे…’ गुन्जिएको थियो।

निरौला शोको अर्को चरणका लागि छानिएका छन्। कहाँबाट आउनु भएको भन्ने निर्णायकको प्रश्नमा निरौलाले ‘रेडिङ’बाट भन्ने जवाफ दिएका थिए।

निर्णायक सिमनले ‘तपाईंलाई लाग्छ कि तपाईंले यो शो जित्नुहुन्छ?’ भन्ने प्रश्नमा निरौलाले ‘मलाई लाग्छ, म जित्न सक्छु। मेरो लागि यो सपना साकार भएको हो’ भनेका थिए।

निरौलाको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ। कार्यक्रमको आधिकारिक फेसबुक पेजमा ५ मिनेट २९ सेकेन्डको भिडिओ राखिएको छ भने युट्युबमा ६ मिनेट ४२ सेकेन्डको भिडिओ छ।

युट्युबमा उक्त भिडिओ अहिले नेपालमा ९ नम्बर ट्रेण्डिङमा।

निरौला पत्नीसहित शोमा पुगेका थिए। उनले शुरूआतमा ‘मैले मेरी पत्नीका लागि लेखेको प्रेमगीत गाउँदैछु’ भनेका थिए। १४ औं संस्करणको ‘ब्रिटेनस् गट ट्यालेन्ट’ अडिसनमा उनकी पत्नी साथै पुगेकी थिइन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया