Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् । यिनीहरुलाई देख्दा लाग्छ कि यिनीहरुलाई कहिल्यै दुख नै पर्दैन । तर हर कोहि मानिसको जीवनमा कहिले सुख अनि कहिले दुख आइनैरहन्छ । र विश्वमै चर्चित यस्ता केहि बलिउडका कलाकार छन् जो जीवनमा एकपटक कंगाल हुनुपरेको थियो ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन अभिनयका हिसावले आजपनि विश्वभर निकै चर्चित छन् । र उनको लाइफस्टाइलपनि कुनै देशको राजाको भन्दा कम छैन । तर कुनै एक समय यस्तो थियो जुन बेला उनी कंगाल बनेका थिए । जुन समय उनको घर समेत लिलाम गरिएको थियो । ९० को दशकमा उनले आफ्नो सारा लगानी लगाएर एवीसियल कम्पनी खोलेका थिए जुन असफल भयो र उनको सवै लगानी डुब्यो । र उनीलाई ९० करोड ऋण लागेको थियो ।

जैकी श्रॉफ

जैकी कुनै समय आफ्नो करियरको उच्च स्थानमा पुगेका अभिनेता हुन् । तर उनले एक समया साजिद नाडियाडवालासँग ऋण लिएका थिए जुन उनले तिर्न सकेनन् र आफ्नो फ्ल्याट बेचेर ऋण तिर्न बाध्य भए ।

एके हंगल

हंगल निकै राम्रो अभिनेतामा गनिन्छन् भने उनको व्यक्तित्प पनि निकै राम्रो थियो । उनी आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसामो अभावमा बाचिँरहेका थिए । उनको साथमा आफ्नो रोगको उपचार गर्ने पैसा समेत थिएन । भारत भूषण फिल्म ‘बैजू बावरा’ मा शानदार अभिनय गरेर सवैको दिलमा बस्न सफल भारत भूषण आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसाको अभावमा बाचिँरहेका थिए । उनले अन्तिममा आफ्नो घर, गाडी र सवै सामान बेच्न बाध्य भएका थिए ।

प्रीति जिंटा

आफ्नो प्रोडक्सनको चलचित्र ‘इश्क़ इन पेरिस’ फ्लप भएपछि प्रीति जिंटा कंगाल भएकी थिइन् ।

सीताराम पंचाल सीताराम पंचाल स्लमडॉग मिलेनियर, द लीजेंड ऑफ भगत सिंह, जॉली एलएलबी, सारे जहां से महंगा, हल्ला बोल, बैंडिट क्वीन जस्ता चलचित्रमा सानदार अभिनय गरेका फोक्सोको क्यान्सरका विरामी थिए । उनीसँग आफ्नो उपचा गराउने पैसा समेत थिएन । फेसबुक मार्फत सहयोग मागियो तर पैसाको अभावमा उपचार नपाएर उनको मृत्यु भयो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया